छात्रालाई होटलमा लगेर अमर्यादित रुपमा परीक्षा दिन लगाएको आरोपमा राष्ट्रिय मावि पोखराका प्रधानाध्यापक सहित ३ जना शिक्षक पक्राउ परेका छन् ।
पोखरा–१ पुरानो टुँडिखेल स्थित रहेको उक्त विद्यालयमा कक्षा ११ मा अध्ययनरत १ जना छात्रालाई ऐच्छिक अंग्रेजी तथा शैक्षणिक विधि विषयक आंशिक परीक्षामा छात्रालाई परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगेर परीक्षा लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा पोखरा १८ कास्कीकोट स्थायी घर भई हाल पोखरा–१ बाघबजार बस्ने राष्ट्रिय माविका प्रधानाध्यापक ४८ वर्षीय सूर्य तिवारी, कास्कीको रुपा गाउँपालिका वडा नम्बर ४ सिद्ध घर भइ हाल पोखरा ११ फुलबारी बस्ने सोही विद्यालयका ४१ वर्षीय शिक्षक घनश्याम रेग्मी तथा पोखरा २० भलाम घर भइ सोही विद्यालयमा शिक्षकका रुपमा कार्यरत ४० वर्षीय शिरिषकुमार बस्ताकोटी रहेका छन् ।
छात्रालाई अमर्यादित तरिकाले परीक्षा लिएको र अन्य प्रचलित कानून बिपरितको कसूरजन्य कार्य समेत भएको हुन सक्ने देखिएकोले आवश्यक अनुसन्धान गरी दोषी उपर कारवाही होस् भन्दै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरको जाहेरी सहितको कागजात प्रहरीसम्म पुगेपछि प्रहरीले उक्त विद्यालयका प्रधानाध्यापक सहित ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई शिक्षा ऐन अन्तरगत मुद्धामा जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने