धनकुटाको महालक्ष्मी नगरपालिकाकी एक युवतीले आन्द्राभुँडी बाहिरै भएको बच्चा जन्माएकी छन् । धनकुटा महालक्ष्मी–७ अर्खौलेकी १८ बर्षीया कोपिला श्रेष्ठले अस्वभाविक भएकी छोरी जन्माएकी हुन् । प्राथमिक स्वास्थ्य केन्द्र जितपुरमा सुत्केरी गराउँन लगिएकी श्रेष्ठले पहिलो सन्तानका रुपमा जन्म दिएको बच्चाको पेटबाट आन्द्राभुडी बाहिर निस्किएको छ ।
‘नर्मल डेलिभरी’ भएको भएपनि बच्चा भने अस्वभाविक जन्मिएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. तोर्णराज कटुवालले जानकारी दिए । ‘बच्चाको नाइटो नजिक पेटबाट आन्द्रा र भुडी बाहिरै निस्किएको छ ।’ डा.कटुवालले भने–‘अस्वभाविक बच्चा जन्मिएपछि थप उपचारका लागि रेफर गरेर पठाएका छौं ।’
बच्चालाई थप उपचारका लागि अहिले काठमाडौंस्थित कान्ति बाल अस्पताल पुर्याइएको छ । कान्ति बाल अस्पतालमा बच्चाको अप्रेशन गरेर आन्द्राभुँडीको केही भाग पेटभित्र पसाइएको छ । डाक्टरले अझै अर्को पटक पनि अप्रेशन गर्नुपर्ने बताएका छन् ।
अहिले बच्चालाई एनआईसीयूमा राखेर उपचार भईरहेको छ । अप्रेशनपछि बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु