ज्लाटनको गोलमा एसी मिलानको सहज जित, युभेन्टस १० अंकले पछि

ज्लाटनको गोलमा एसी मिलानको सहज जित, युभेन्टस १० अंकले पछि

ac milan

गए राति इटालियन सिरी ‘ए’ अन्तर्गत भएको खेलमा एसी मिलानले सानदार जित निकालेको छ ।  निकै रोमान्चक बनेको उक्त खेलमा एसी मिलानले क्याग्लिएरीलाई २–० गोलले पराजित गरेको हो ।

उक्त खेलको सातौ मिनेटमा  मिलानका ज्लाटन इभ्राहिमोभिचले गोल गरी टिमलाई अग्रता दिलाए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । त्यसपछि खेलको ५२औं मिनेटमा ज्लाटनले नै अर्को गोल गरी मिलानलाई जित दिलाए ।

जितसँगै मिलानले १८ खेलबाट ४३ अंक जोड्दै शीर्षस्थानमा ३ अंकको अग्रता लिएको छ । पराजित भएको टिम क्याग्लिएरी १४ अंकसहित १७औं स्थानमा रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ