हरेक दिन १० वर्षमुनिका एक जना बालिकामाथि बलात्कार

हरेक दिन १० वर्षमुनिका एक जना बालिकामाथि बलात्कार

balatkriit

नेपाल प्रहरीका अनुसार प्रत्येक दिन औसतमा १० वर्षमुनिका एक जना बालिकाहरु बलात्कारको सिकार बन्ने गरेका छन् । आर्थिक वर्ष २०७७/७८ को साउनदेखि मंसिरबीचको पाँच महिनामा मात्रै १० वर्ष मुनिका १ सय ३४ बालिका र एक बालक बलात्कारको सिकार भएका छन् ।

यही अवधिमा ११ देखि १६ वर्षका ४ सय २८ बालिकाहरु बलात्कारको सिकार बनेको तथ्यांक छ । लुम्बिनी प्रदेशमा मात्रै पछिल्लो पाँच महिनामा १० वर्ष उमरमुनिका ३० बालिका बलात्कृत भएका छन् ।

यो तथ्यांक यो अवधिमा प्रदेश १ बाहेकका अन्य ५ प्रदेशको तुलनामा सबैभन्दा उच्च हो । यही अवधिमा लुम्बिनी प्रदेशमा ११ देखि १६ वर्ष उमेर समूहका ५८ बालिका बलात्कृत भएका छ ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ