भगवान शिवको पूजा आराधना गर्दा केहि कुरामा पक्कैपनि ध्यान पुर्याउनुपर्छ । ति कुराहरु मूलत भगवान् लाई चढाउने चिजहरु नै हुन् ।
कनिका
टुक्रिएको चामल अर्थात् कनिका शिवलाई अर्पण गर्न बर्जित छ । यसो गर्दा तपाईलाई पूण्य प्राप्ती हुँदैन ।
शंख
भगवान शिवलाई शंख अर्पण गर्नुहुँदैन । शंखलाई शिवले बध गरेकोले यसलाई असुरको प्रतीक मानिन्छ।
कालो वस्त्र
कालो रंगको वस्त्र वा निलो रङको वस्त्र पहिरीएर शिव पूजन गर्नुहुँदैन । शिवलाई प्रसन्न पार्न गेरु वस्त्रको धारण उत्तम मानिन्छ ।
तुलसीको पात नचढाउनू
भगवान शिवलाई तुलसीको पात वा तुलसीको कुनै पनि सामग्रीबाट पूजा गर्नुहुँदैन । तुलसीलाई विष्णु निकट मानिन्छ, जसलाई शिवले स्विकार गर्दैनन् । यसर्थ शिवको उपासनामा तुलसी चढाउनु बर्जित गरिएको छ ।
तिल
सेतो होस् वा कालो तिल वा तिलबाट बनेका प्रसाद, लड्डु, तिलका दाना तेल लगायतका कुनै पनि वस्तु भगवान शिवलाई चढाउन बर्जित छ । तिल भगवान विष्णुको मयल९मैलो०बाट उत्पन्न भएको मानिन्छ ।
यो चढाउँदा तपाईको पूजा पूर्ण हुन्न ।
बेसार
भगवान शिवको पूजाआराधनाका क्रममा बेसार पनि चढाउनु हुँदैन । बेसारको सम्बन्ध भगवान विष्णु र सौभाग्यसँग रहेको छ । बेसार चढाएमा व्रतालुलाई परीपक्क निर्णय क्षमतामा कमजोरी उत्पन्न हुन्छ ।
मन्त्र
शिवको आराधना गर्दा कुनै मन्त्र नआए १ सय ८ पटक ॐ नमः शिवाय मन्त्रको जप गरे अरु कुनै मन्त्रको उच्चारण गर्नुपर्दैन । घण्टी वा शंख आदीको आवाज नदिइ पूजा गर्दा भगवानले स्वीकार गर्दैनन् ।
गलत कामबाट कमाएको पैसा
यसलाई अपराध मानिने गरिन्छ । कसैलाई डर धाक धम्की, असामाजिक काम गरेको पैसाले तपाईलाई सराप्छ र सजाय दिनेछ ।
शवको स्पर्श गरेपछि वा मलामी गएर आएको व्यक्तिले स्नान नगरी पूजा गर्नु हुँदैन। त्यस्तै सम्भोग गरीसकेपछि स्नान नगरी पूजा गर्नु हुँदैन । यसलाई अपराध मानिने गरिन्छ ।
धुपबत्ति र उज्यालो
अँध्यारोमा भगवानको मूर्ति वा तस्वीरलाई स्पर्श गर्नु वा पूजा गर्नु अपराध मानिने गरिन्छ । त्यसैले पूजा गर्दा जोर बत्ति मगमगाउँदा धुपबत्ति बालेर शिवलाई प्रसन्न पार्न सकिन्छ ।
नरीवल
सुन्दा छक्क पर्नुभयो होला । तर भगवान शिवलाई नरीवलको जल चढाउनु हुँदैन । बरु नरीवल चढाउन सकिन्छ । विधी नपुर्याई काम गरेमा धन हानी हुन्छ ।
अक्षता
भगवान शिवलाई अक्षता अर्थात् रातो रङमा मुछिएको चामल चढाउनु हुँदैन ।
प्रसाद
शिवलिंगमा चढाइएको प्रसाद भक्तले ग्रहण गर्नु हुँदैन, यसबाट दुर्भाग्य निम्तिन्छ । बरु बाहिर थालीमा बाँकी राखेर ग्रहण गर्न सकिन्छ । केही खाइसकेपछि कुल्ला नगरी वा पानी नपिइ पूजा गर्दा फल प्राप्त हुँदैन ।
शिवलिंगमा पूजा
गर्दा सबैभन्दा पहिला पञ्चामृत अर्पण गर्नुपर्दछ ।
बेलपत्र
शिवलाई तीन वटा पात स्पष्ट भएको, नच्यातिएको बेलपत्र घोप्टाएर मात्र अर्पण गर्नुपर्छ ।
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी