चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले प्रदेश नं १ लाई दुई विकेटले पराजित गरेको हो ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै प्रदेश १ ले गण्डकीसामु जितका लागि १०३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त लक्ष्य गण्डकीले ३७ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीका लागि प्रारम्भिक ब्याट्सम्यान अर्जुन कुमालले ६८ बलमा ३५ रन बनाए । यसक्रममा उनले पाँच चौका हिर्काए ।
यस्तै दीपक डुम्रेले ९४ बलमा चार चौकासहित ३५ रनको योगदान दिए । यस्तै अभिषेक थापाले अविजित रहँदै १३ रन बनाए ।
बलिङतर्फ प्रदेश १ का लागि शुभाङ्कर उराव र मिनास थापाले दुई दुई तथा दीपेश कँडेल र हेमन्त राईले एक एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गर्दै प्रदेश १ ले २७ दशमलव चार ओभरमा सबै विकेट गुमाएर १०२ रन मात्र बनायो । प्रदेश १ का लागि कप्तान सिद्धान्त लोहनीले ३१ बल खेल्दै एक छक्का र एक चौकाको मद्दतमा २४ रन बनाए ।
यस्तै मिनास थापाले ३४ बलमा चार चौकासहित २२ तथा शुभाङ्कर उरावले १२, दीपक पासवानले ११ र दिपेश कँडेलले १० रन बनाए । बलिङतर्फ गण्डकी प्रदेशका लागि सुवास भण्डारी र विशाल पौडेलले चार-चार तथा विपीन खत्रीले दुई विकेट लिए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते