पोखरा – सोमबार पोखराका १७ सहित गण्डकीमा थप २५ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज गण्डकीका १३९ जनामा गरिएको परीक्षण मध्ये थप २५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित गण्डकीका ४ जिल्लाका छन् । जसअन्तर्गत कास्कीको पोखरा महानगरका १७, तनहुँका ३, नवलपुरका २ र बाग्लुङ जिल्लाका ३ जनाको रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।आज थपिएका संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १५ हजार १ सय ८९ पुगेको छ । जसमा ४६६ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट १०२ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ५ सय २४ पुगेको छ ।
सोमबार गण्डकीमा थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ ।
पोखरा महानगरपालिका -८ निवासी ७३ वर्षीय कोरोना संक्रमित पुरुष र तनहुँ जिल्ला भिमाद नगरपालिका -६ का ५० वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु पुष्टि भएको निर्देशनालयले जनाएको छ । यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९९ पुगेको छ ।

सम्बन्धित खबर
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
नवग्रह मन्दिर अनुष्ठान तथा धार्मिक महोत्सव सम्पन्न
अर्जुनचौपारीमा नवग्रह भजनको भिडियो छायांकन गरियो
म्याग्दीमा भक्तजन सवार गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना गम्भीर
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु