सोमबार कीर्तिपुरस्थित विश्वविद्यालय क्रिकेट मैदानमा बागमतीले दिएको ३ सय रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमको ब्याटिङ नचल्दा फराकिलो हार व्यहोरेको हो।
जसमा सुदूरपश्चिमले २० ओभर खेल्दा सबै विकेट गुमाएर १ सय १९ रन मात्रै बनाउन सक्यो। सुदूरपश्चिमले सुरुमै लगातार ४ विकेट गुमाएको थियो । तर, पाँचौँ ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका अर्जुन साउद र सातौँ ब्याट्सम्यानका रुपमा आएका किरण ठगुन्नाको जोडिले ५८ रनको साझेदारी खेले।
जसले सुदूरपश्चिमलाई केही राहत दिए पनि ३१ रनमा खेलिरहेका अर्जुन आउट हुँदा सुदूरपश्चिम दबाबमा पर्यो । अर्जुनले २८ बलको सामना गर्दै ३ छक्का र १ चौका प्रहार गरेका थिए । यस्तै किरणले ४५ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए।
सुदूरपश्चिमविरूद्ध बागमतीका नामनरेश गिरीले ४ विकेट लिए भने नन्दन यादवले २ विकेट, तिलक भण्डारीले १ विकेट र दिपेश श्रेष्ठले १ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको बागमतीका लागि पृथु बाँस्कोटा र अदिल खानले अर्धशतकीय इनिङ्स खेलेका थिए । जसको मद्दतले बागमती प्रदेशले सुदूरपश्चिमलाई ३०० रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो।
बागमतीले निर्धारित पूरा ओभर खेल्दै ९ विकेट गुमाएर २ सय ९९ रन बनाएको थियो । बागमतीका लागि बाँस्कोटाले ९४ बलमा १० चौका र २ छक्काको मद्दतले ८४ रन प्रहार गरे भने अदिलले ८६ बलमा १० चौकाको मद्दतमा ६३ रन प्रहार गरेका थिए।
यी दुई खेलाडीको उत्कृष्ट ब्याटिङमा बागमतीले जारी प्रतियोगिताको सबैभन्दा विशाल लक्ष्य प्रस्तुत गरेको हो । बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्ल र विपिन आचार्यले ३२ रन बनाए भने पारस खड्काले २० रन प्रहार गरेका थिए।
बागमती विरुद्व कमजोर देखिएको सुदूरपश्चिमका लागि नारायण जोशीले ३ विकेट, सन्तोष भट्ट र भोजराज भट्टले समान २र२ विकेट लिए यस्तै विनोद लामाले १ विकेट लिएका थिए।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते