के खाइदेको छु र ? भन्दै आए साहिल, १० जनाको रिले दोहोरी

के खाइदेको छु र ? भन्दै आए साहिल, १० जनाको रिले दोहोरी

K khaideko chhu

रिले दोहोरीतर्फ सम्भवतः व्यवसायिक रुपमा झण्डै दर्जन गायक-गायिका समेटेर पहिलो पटक तयार पारिएको गीत हो के खाइदेको छु र ? पोखरेली सर्जक साहिल गायकले नौलो र फरक शैलीमा यो गीत सार्वजनिक गरेका छन् ।

लाईभ रिले दोहोरी गाए पनि यो खाले गीत नेपाली लोकमा लगभग पहिलो पटक नै रहेका प्रस्तुतकर्ता साहिलको ठम्याई छ । बिजय परियार, मिलन बि।क, शाहिल गायक, दिपिका जेनि, सुनिल गायक, लक्ष्मि बोहोरा, भिमराज परियार, कल्पना आले, कृष्णप्रसाद गौतम र पबित्रा काफ्लेको स्वरमा रहेको गीतमा नारायण भट्टराईको आफ्नै शब्द संगीत रहेको छ ।

नमस्ते पोखरा स्टुडियोमा रेकर्डिङ भएको उक्त गीतको म्यूजिक एरेन्ज पनि शाहिल आफैले गरेका छन् । नेत्र गुरुङले निर्देशन, सम्पादन र सिनेमाटोग्राफी गरेका छन् । सबिन गायकको डिजाइन रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds