गोरखा । दसैं तिहारको समयमा जुवाको खालबाट बरामद गरिएको एक लाख रुपैयाँ बढी रकम जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले आफैंले राखेको खुलेको छ । बरामद भएको दुई महिनासम्म पनि उनले सो रकम आफैले राखेको भेटिएको हो ।
दसै तिहारको समयमा इलाका प्रहरी कार्यालय जौवारीले करिव ६९ हजार रुपैयाँ जुवाको खालबाट बरामद गरेको थियो । उक्त रकम इन्चार्ज प्रहरी निरीक्षक ईश्वर लौडारीले तिहारलगत्तै जिल्ला प्रहरी कार्यालय पठाएका थिए । त्यस्तै इलाका प्रहरी कार्यालय ठाटीपोखरीले बरामद गरेको करिब ५० हजार रुपैयाँ इन्चार्ज प्रहरी निरीक्षक सोमदास ढकालले पनि जिल्ला प्रहरी कार्यालय पठाए । तर दुवै ठाउँबाट बरामद भएको उक्त रकम हालसम्म राजश्वमा दाखिला भएको छैन ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले पनि हालसम्म त्यो रकम राजश्वमा दाखिला नगरेको स्वीकार गरेका छन् । बरामद भएको दुई महिनासम्म पनि आफैंले राखेको उक्त रकम अब दाखिला गर्ने उनले बताए ।
जुवाको खालबाट बरामद रकम जतिसक्दो चाँडो राजस्वमा दाखिला गर्नुपर्ने गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी घनश्याम अर्याल बताउँछन् । बरामद रकम तुरुन्त राजस्मा दाखिला गरेर जुवाडेलाई मुद्दा चलाउनुपर्नेमा त्यसो नहुँदा प्रहरी अधिकारीको बदनियत देखिएको उनको भनाइ छ । यसमा कारबाही अघि बढाउने अर्यालले प्रतिबद्धता जनाएका छन् ।
असोज १ गतेदेखि मंसिर मसान्तसम्म गोरखा जिप्रकामा जुवाका तीनवटा मात्र मुद्दा दर्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर, यी दुवै क्षेत्रबाट पक्राउ परेका जुवाडेविरुद्ध मुद्दा दर्ता पनि नभएको र जुवाको खालबाट बरामद रकम पनि हालसम्म राजस्वमा दाखिला भएको छैन ।
सम्बन्धित खबर
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन
वर्षाले सडक भासिँदा गोरखाको ढुङ्गागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
गोरखाको बारपाकमा आरन सुधार गर्न अनुदानमा आधुनिक औजार वितरण
गोरखामा बसको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, आमा गम्भीर घाइते
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ