नेपाल आर्मीको सिपाहीसम्मको पेन्सन १६ वर्षमै

नेपाल आर्मीको सिपाहीसम्मको पेन्सन १६ वर्षमै

army

नेपाली सेनाको सैनिक सेवा नियमावली तेस्रोपटक संशोधन भएको छ । सेनाको संशोधित नियमावलीका अनुसार नेपाली सेनाका फलोअर्स र सिपाहीको पेन्सन सेवा प्रवेश गरेको १६ वर्षमा नै हुने व्यवस्था गरिएको छ ।

सेनाले राखेको यो प्रस्तावलाई रक्षा मन्त्रालयले सहमति जनाउँदै कानुन मन्त्रालयलाई पत्राचार गरेको छ ।सैनिक स्रोतका अनुसार नयाँ नियमावलीअनुसार अब २०६० साल वैशाख २८ गते र सोभन्दा पछि सेनामा भर्ना भएका सिपाही र फलोअर्सले १६ वर्षमा नै पेन्सन पाउनेछन् ।

नेपाली सेनाका सिपाइहरुले बिगत १७ वर्षदेखि पेन्सनको अवधि घटाउनुपर्ने माग राख्दै आएका थिए । यो संसोधनसँगै नेपाली सेनामा कार्यरत तल्लो तहमा कार्यरत सिपाहीलाई राहत पुगेको छ ।

यसैगरी, सेहायक सेनानी र सोभन्दामाथि महारथीको पेन्सन २० वर्षमा हुनेछ । सुवेदार, प्रमुख सुवेदारको १९, जमदारको १८ र प्युठ, अमलदार तथा हुद्दाको सत्र वर्ष कायम गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds