युभेन्टसमाथि इन्टर मिलानकाे सहज जित

युभेन्टसमाथि इन्टर मिलानकाे सहज जित

ronaldo

इटालियन सिरी ए मा युभेन्टस पराजित भएको छ । गएराती सम्पन्न खेलमा इन्टर मिलानले युभेन्टसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मिलानको जितमा अर्टुरो भिडाल र निकोलो बरेलाले एक एक गोल गरेका थिए ।

भिडालले खेलको १२औ मिनेटमा गोल गर्दै इन्टरलाई शुरुवाती अग्रता दिलाएका थिए भने बरेलाले खेलको ५२औ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

यो हारपछि उपाधि दौडमा युभेन्टसलाई धक्का लागेको छ । अहिलेसम्म १७ खेलमा ३३ अंक हासिल गरेको युभेन्टस सिरी ए मा पाँचौ स्थानमा रहेको छ । युभेन्टस अहिले शिर्ष स्थानमा रहेको एसी मिलानभन्दा ७ अंकले पछाडी रहेको छ ।

त्यस्तै इन्टर मिलानले भने १८ खेल खेल्दै ४० अंक हासिल गरेर शिर्ष स्थानमा रहेको मिलानसँग बराबरी गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ