जिल्ला सहकारी संघ कास्कीको हिजो सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस र प्रचण्ड–माधव नेपाल पक्षीय संयुक्त सहकारी प्यानलका उम्मेदवार सबै पदमा विजयी भएका छन् ।
राजनीतिक रुपमा स्पष्ट दुई खेमामा विभाजित भएर चुनाव भएकामा संयुक्त सहकारी प्यानलबाट अध्यक्ष पदका उम्मेदवार हालका महिला उपाध्यक्ष सावित्रा कोइराला विजयी भएकी हुने ।
उहाँले १९८ मत प्राप्त गर्दा ओली पक्षीय उम्मेदवार हालका वरिष्ठ उपाध्यक्ष बलराम गौतमले ७८ मतमात्र प्राप्त पाउ । यसैगरी अध्यक्षका अर्का प्रत्याशी धर्मराज अर्यालले ३६ मत प्राप्त गरे ।
यसैगरी राष्ट्रिय प्रतिनिधिको उम्मेदवारमा ओली पक्षीय नेकपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सांसद प्रभा कोइराला उम्मेदवार बनेकीमा संयुक्त प्यानलका दीपक प्रकाश आचार्यले पराजित गरे । आचार्यले २१४ मत प्राप्त गर्दा कोइरालाले ८६ मत मात्रै प्राप्त गरेकी थिइन् ।
वरिष्ठ उपाध्यक्षमा संयुक्त प्यानलका छविलाल लामेछानेको २२२ मत प्राप्त गरी विजयी हुँदा ओली पक्षीय उमराज बास्तोलाको ८१ मत प्राप्त गरे । महिला उपाध्यक्षमा अम्बिका गौतमले १९४ मत प्राप्त गरी विजयी हुँदा संगीता तिमिल्सिनाले ११२ मत प्राप्त गरे । महासचिवमा दीपकराज बास्तोलाले २२७ मत प्राप्त गरी विजयी भए भने ठाकुर पोखरेलले ७९ मत प्राप्त गरे ।
कोषाध्यक्षमा नवराज बरालले २०० मत प्राप्त गरी विजयी हुँदा लक्ष्मण कोइरालाको १०३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । विषयगत संघको तर्फबाट आनन्द सुवेदी निर्विरोध निर्वाचित भए । महिला सदस्यमा कौशिला गुरुङ ९२०६०, चन्द्रकुमारी पराजुली, ९२१७०, मैनादेवी रावत ९१९१०, बिना लोहनी ९२४८० विजयी भए ।
खुल्ला सदस्यमा खेमबहादुर गुरुङ ९१८६०, धनराज पुरी ९१६००, लेखा सुपरीवेक्षण समितिको संयोजकमा धर्मबहादुर गुरुङ ९१८७०, लेखा समिति सदस्यमा रमण पौडेल ९२०२०, बिमलाकुमारी थापा बस्नेत ९१८०० मत प्राप्त गरी विजयी भए ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो