पोखरा इलेक्ट्रिकल एसोसिएसनको अध्यक्षमा आचार्य निर्वाचित

पोखरा इलेक्ट्रिकल एसोसिएसनको अध्यक्षमा आचार्य निर्वाचित

electrical

पोखरा इलेक्ट्रिकल एसोसिएसनको शनिबार भएको २१ औं साधारण सभा तथा ११ अधिवेशनबाट मुक्तिनाथ आचार्य अध्यक्ष निर्वाचित भएका छन् । अध्यक्षसहित सबै पदाधिकारी र सदस्य सर्वसम्मत निर्वाचित भएका हुन् ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्ष ऋषिराज बराल, द्वितीय उपाध्यक्ष शिशिर मिश्र, तृतीय उपाध्यक्ष गिरिराज बराल, महासचिव केशव ढकाल, सचिव नीलबहादुर भुजेल, कोषाध्यक्ष कृष्णमणि भण्डारी र सहकोषअध्यक्ष सरस्वती गिरी चुनिएकी छन् । विजय क्षत्री, मिलन तामाङ, अमृत पोखरेल, सुशीला भुर्तेल अधिकारी, प्रदीपराज पौडेल सदस्य चुनिएका छन् ।

सुदर्शन पौडेल नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सदुर्शन पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष सञ्जीवबहादुर कोइराला, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला, नेपाल विद्युतीय व्यवसायी महासंघका प्रथम उपाध्यक्ष रेशम देवकोटासहितका अतिथिहरुले अधिवेशनलाई सम्बोधन गरी शुभकामना प्रकट गरेेेेको जानकारी महासचिव केेेशव ढकालले दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ