याम्दीमा जीप दुर्घटना हुँदा पोखरा १० का दुई जनाको मृत्यु, ७ जना घाइते

याम्दीमा जीप दुर्घटना हुँदा पोखरा १० का दुई जनाको मृत्यु, ७ जना घाइते

jeep acc

प्रतिकात्मक तस्विर

पोखरा । पोखरा–बाग्लुङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी २ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् ।

पोखरा–२५ हेम्जाबाट पोखरा बजारतर्फ आउँदै गरेको बा २ च ७४१० नंको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा पोखरा महानगरपालिका वडा नम्बर १० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिएका छन् ।

प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । जीपमा ९ जना सवार रहेकामा घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताएका छन् । जीप अनियन्त्रित भएपछि सडकबाट अन्दाजी २५ मिटर तल खसेको बताइन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ