प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विभागिय टोली एपिएफले विजयी सुरुवात गरेको छ ।आज शनिबार भएको खेलमा एपीएफले प्रदेश एकलाई १३५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ४८ ओभर चार बलमा दुई सय ४३ रन बनाएको थियो । एपिएफका लागि आशिफ शेखले अर्धशतिकय पारी खेलेका थिए । उनले ३२ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे । एपिएफकालागि सुवास खकुरेलले कप्तान शरद भेषवाकरले २० रनको योगदान दिए ।
यस्तै बसन्त रेग्मीले ४० रन बनाए । बलिङमा प्रदेश एकका फिरदोश अन्सारी, दिपेश कँडेल, हमेन्त राई र श्रवन यादवले दुई दुई विकेट लिए । २४४ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको प्रदेश एक ४२ ओभर ४ बलमा १०८ रनमा अलआउट भयो । खराव सुरुवात गरेको प्रदेश एकले २८ रनमा पहिलो विकेट गुमाएको थियो ।
त्यसपछि ५३ रनमा दोस्रो विकेट खेर फालेको उसले ७६ रन बनाउँदा आठ विकेट गुमाएको थियो । प्रदेश एकका लागि दिपक पासवानले १३ रन बनाए भने मनिश थापाले १८, फिरदोस अन्सारीले १७ रनको योगदान दिए ।
यस्तै राजेश मगर तीन रनमा आउट हुँदा कप्तान सिद्धान्त लोहनी नौ रनमा पभेलियन फर्किए । बलिङमा एपीएफका अभिनाश बोहोराले पाँच विकेट लिए । उनले आफ्ना अन्तिम दुई ओभरमा चार विकेट लिएका थिए । यस्तै बसन्त रेग्मीले दुुई विकेट हात पारे ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु