सरकारले ‘नागरिक एप’ सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त एप उद्घाटन गरेको जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एप तीन वर्ष अगाडिदेखी बनाउन सुरु गरिएको जानकारी दिए । उनले एपको सुभारम्भ गर्दै सबै सरकारी सेवा घरमै बसेर लिन सकिने बताए । उनले एप प्रयाेग गर्न पनि आग्रह गरेका छन् ।
‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ नारासहित नागरिक एपको सार्वजनिक परीक्षणको रुपमा बेटा भर्सन भएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
यस्ता छन् एपका विशेषता
- नागरिकले ‘नागरिक एप’बाट प्यान कार्डसम्बन्धीआवेदन गरी प्यान नम्बर प्राप्त गर्ने
- सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत जानकारी लिन सकिने
- नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिने
- नागरिक लगानीकोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम र ऋण विवरणहरुको जानकारी लिन सकिने
- हेलो सरकारमा गुनासो गर्न सकिने व्यवस्था
- त्यसैगरी सरकार तथा सार्वजनिक निकायले नागरिकका गुनासो सुनुवाई गरी सम्बोधन गरिएको पनि हेर्न सकिने छ ।
- यो एपको प्रयोगबाट फेसलेस, पेपरलेस र समयको बचत हुने तथा सार्वजनिक बिदाको दिन पनि सेवा लिन सकिनेछ ।
नागरिक एपबाट सेवा प्राप्त गर्नका लागि Android मोबाइल प्रयोगकर्ताले Play Store र iPhone प्रयोगकर्ताले Nagarik App (Beta) डाउनलोड गर्नुपर्ने छ ।
हाल आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरको आधारमा नेपाल टेलिकम र एनसेलको सीममार्फत एपको प्रयोग गर्न सकिने छ । उक्त सेवा प्राप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता, मतदातावा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्ने मन्त्रालयको विज्ञप्तिमा लेखिएको छ ।
एपमा आगामी दिनमा मालपोत, भूमिसुधार, सवारी कर, चालक अनुमतिपत्र लगायतका आमनागरिकसँग सरोकार हुने सेवाहरू थप्दै जाने मन्त्रालयले बताएको छ ।
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी