‘प्रतिनिधिसभा भंग होइन, प्रचण्ड–माधवको सपना भंग’: मन्त्री अर्याल

‘प्रतिनिधिसभा भंग होइन, प्रचण्ड–माधवको सपना भंग’: मन्त्री अर्याल

Padma-kumari-aryal

file photo

काठमाडौ । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्मा अर्यालले प्रतिनिधिसभा भंग नभइ प्रचण्ड र माधव नेपालको सत्तामा पुग्ने सपना भंग भएको टिप्पणी गरेकी छन् ।

प्रचण्ड–माधवको प्रधानमन्त्रीविरुद्ध षडयन्त्र गरेर सत्तामा पुग्ने लोभमा लागेका कारण अहिलेको स्थिति आएको उनको भनाइ छ । शनिबारदेखि शुरु भएको अखिल नेपाल महिला संघको केन्द्रीय कमिटिको दोस्रो बैठकमा सम्बोधन गर्दै मन्त्री अर्यालले प्रणाली नै सिध्याउने षडयन्त्रलाई प्रधानमन्त्रीले असफल बनाएको बताइन् ।

अर्यालले भनिन्– ‘पार्टीको अनुशासन नमानेर आफ्नै पार्टीका अध्यक्षविरुद्ध हस्ताक्षर संकलन गर्दै हिँड्ने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउँ भन्दै हिँड्ने सांसदको के काम ? विघटन नभएको भए प्रधानमन्त्री र राष्ट्रपतिलाई अहिलेसम्म फ्याँकिसक्थे । सत्ता कांग्रेसलाई सुम्पिने थिए ।’ प्रचण्डको प्रस्ताव मान्दा संगठन संचालन नै गलत तरिकाले भएको उनको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ