पोखरामा सिमेन्ट झारेर फर्केको ट्रकमा गुड्दागुड्दै आगलागी

पोखरामा सिमेन्ट झारेर फर्केको ट्रकमा गुड्दागुड्दै आगलागी

truck aaglagi

प्रतिकात्मक तस्वीर

पोखरामा सिमेन्ट अनलोड गरी फर्केको ट्रकमा आगलागी भएको छ । तनहुँको व्यास-१२ देउरालीमा पुग्दा ट्रकमा आगलागी भएको हो ।

आगलागीमा परेको लु २ ख ११९ नम्बरको ट्रकको अगाडिको भागमा पूर्ण क्षति भएको प्रहरीले जनाएको छ । बिहान करिब सवा ५ बजे ट्रकमा आगलागी भएको जनाइएको छ ।

आगलागी हुने बित्तिकै चालक र परिचालक झरेका कारण मानवीय क्षति हुन पाएन । स्थानिय, प्रहरी रदमकलको सहयोगमा आगो निभाइएको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए। केहीबेर पृथ्वी राजमार्ग अवरुद्धसमेत भएको थियो। वायरिङ सर्ट भएकाले आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ