आजको मौसम पूर्वानुमान : वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान : वर्षाको सम्भावना

mausam-photo

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज वर्षाको सम्भावना रहेको छ । महाशाखाले आज नेपालमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ ।

महाशाखाले हालको मौसमको अवस्थाबारे जानकारी दिँदै हाल प्रदेश १ का पहाडी भूभागमा सामान्य बदली रहेको र बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । देशका तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

यसैगरी, आज दिउँसो प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने छ भने प्रदेश २ , बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ पूर्वानुमानमा उल्लेख छ । यस्तै, बाँकी प्रदेशमा सामान्यतया सफा रहने र प्रदेश नं १ का एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भूभागहरू साथै सुदूरपश्चिम प्रदेशका तराइका भूभागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भूभागमा आंशिक बदली रहनेछ।

भने, प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds