पोखरा – बालिकाले कानमा लगाएको सुनको मुन्द्रा चोरी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पोखराको पृथ्बीचोकस्थित पोखरा मल भित्रबाट पोखरा महानगरपालिका -१७ घारीपाटन निवासी रमिला पौडेलकी ५ वर्षीया छोरीले कानमा लगाएको सुनको मुन्द्रा ललाई फकाई चोरी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा -११ फूलबारी बस्ने २२ वर्षीया एलिसा गुरुङ र पोखरा -११ रानिपौवामा सुन पसल संचालन गर्दै आएका वर्ष ३० का विजय सुनार रहेका छन् ।
उनीहरुले गएको आइतबार दिउँसो अन्दाजी १ :३० बजेको समयमा पोखरा मल भित्रबाट उक्त नाबालिकाले कानमा लगाएको एकजोर सुनको मुन्द्रा चोरी गरेर भागे लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
पीडितहरुले दिएको हुलियाका आधारमा खोजतलास गरेको कास्की प्रहरीले एलिसा गुरुङलाई पोखरा -४ पालिखेचोक र विजय सुनारलाई रानिपौवाबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडी बढाईएको कास्कीका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक दिपक केसीले जानकारी दिए ।
सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो