काठमाडौं– कोरोना विरुद्धको खोप लगाउन १६ हजार खोप केन्द्रलाई उपयोगमा ल्याउने सरकारको तयारी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीतिगत र कानुनी जटिलता फुकाइसकेको भन्दै खोप कार्यक्रम प्रभावकारी बनाउन ५ हजार कर्मचारी र ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने तयारी गरेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार दुईदेखि आठ डिग्री तापक्रममा १ करोड ७० लाख खोपको डोज भण्डारणका गर्ने क्षमतासहितको पूर्वाधार तयार पारिएको छ । स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको खोप फागुनसम्म आउन सक्ने संकेत गरेको छ ।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गरिने बताए । खोप अन्योलसम्बन्धी जिज्ञासामा मन्त्री त्रिपाठीले भने, ‘मेरो व्यक्तिगत जीवनमा फागुन महिना चामत्कारिक हुन्छ । यसपालि पनि फागुन चामत्कारिक होला भनेर आशा गरौं ।’
- ५ हजार कर्मचारी, ५२ हजार स्वास्थ्यकर्मी परिचालन गरिने
- खोपका लागि तत्काल ६८ करोड बजेट तयारी अवस्थामा
- दक्षिण एसियामा खोप प्राप्तिमा नेपाल पछि नपर्ने
- स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक र दीर्घरोगी प्राथमिकतामा
सरकारले खोप लगाउन स्वास्थ्यकर्मी, ५५ वर्षमाथिका र दीर्घरोगीलाई प्राथमिकतामा राखेको छ । खोप प्राविधिक प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । प्रस्तावमा खोप प्राप्तिका आधार, लागत, सुरक्षा, उपलब्धतालगायतका विषय उल्लेख छन् ।
स्वास्थ्यमन्त्री त्रिपाठीले भने, ‘खोप खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुनेछ । खोप समयमै आउँछ ।’ यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन