दमौली । नेकपा केपी ओली समूहको वृहद कार्यकर्ता भेला तनहुँको दमौलीमा भएको छ । आफ्ना नेता कार्यकर्तालाई गोलबन्द गर्न तनहुँ जिल्लास्तरीय कार्यकर्ता भेला मंगलबार आयोजना गरिएको हो । कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्यहरु उर्जामन्त्री टोपबहादुर रायमाझी, गण्डकी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्वमन्त्री खगराज अधिकारी, गण्डकी अर्थमन्त्री किरण गुरुङ, राष्ट्रियसभा सदस्य भगवती न्यौपाने सहितका नेताहरुले सम्बोधन गरे ।
कार्यक्रममा बोल्दै उर्जा मन्त्री रायमाझीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल आफूहरु दुई जना मिले पछि बहुमत पुग्छ भन्ने सोचेर लागे पनि त्यो सम्भव नदेखेपछि पार्टी विभाजनतर्फ लागेको आरोप लगाए । कुनै पनि हालतमा प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव ल्याउन नसकेपछि पार्टी विभाजन गरेर प्रचण्डले नेतृत्व लिन खोजेको पूर्व माओवादी नेता रायमाझीको आरोप छ । ३ वर्षसम्म मन्त्री खाएर केपी सरकारले केही काम गरेन भनेर आफैलाई नालायक सावित गरेको उनको भनाई छ ।
नेता रायमाझीले सरकारले गरेको राम्रो कामका कारण ओलीले एकछत्र राज गर्ने भएकाले अरु नेताहरुको निँद हराम भएको उनको कथन छ । ‘ओलीको राष्ट्रवादी छविसँग डराएर परिवर्तन गर्ने षडयन्त्र भयो,’ उनले भने,‘विनाकारण उहाँलाई दुवै पदबाट हटाउन खोजे पछि पार्टी जोगाउन लागेका हौं ।’ उनले पद्धति जोगाउन ओलीलाई साथ दिएको पनि जिकिर गरे । संसद पुनस्र्थापना पश्चगामी सोच भएको भन्दै उनले दुई जना नेताहरुकै लोभका कारण पार्टी फुटको अवस्थामा पुगेको बताए ।

कार्यक्रममा बोल्दै नेकपा गण्डकी प्रदेश ईञ्चार्ज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जसले नेतृत्व गरेको छ उसैलाई चुनाव चिह्न र पार्टीको मान्यता दिने राजनैतिक इतिहास रहेको भन्दै सूर्य चुनाव चिह्न आफ्नै दलले पाउने दाबी गरे । ‘सूर्य चिह्न हामीले नै पाउँछौं,’ उनले भने,‘ढुक्क हुनुस् ।’ उनले पार्टीकै नेताहरुको कारण संसद विघटन गर्नुपरेको सुनाए । महिलामाथि अपमान गरेर नारा लगाउने ? भन्दै उनले प्रश्न गरे ।
पूर्वमन्त्री खगराज अधिकारीले रामचन्द्र पौडेल १७ पटकसम्म प्रधानमन्त्रीमा हारेर माधव नेपालले कान फुकेकै भरमा अघि बढेको भन्दै व्यंग्य गरे । राष्ट्रपति विरुद्ध अश्लिल गालीगलौज, हर्कत भएकोप्रति आपत्ति जनाउँदै उनले विद्या भण्डारी कृष्णप्रसाद भट्टराईलाई हराएर राजनीतिमा स्थापित भएको योद्धा भएको बताए । अधिकारीले विद्या सिन्दुर खै भनेर नारा लगाउनेहरु अपराधी हुन् भन्दै आक्रोश व्यक्त गरे ।
कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङले लोकतन्त्र नबुझेकाले मात्रै मध्यावधि निर्वाचनको बिरोध गरिरहेको उल्लेख गरे । संविधानमा सबै कुरा नलेखिने भन्दै भने संसद विघटन गर्न प्रधानमन्त्रीले पाउने दाबी गरे । उनले सर्वोच्चले विघटनलाई सदर गर्ने भन्दै प्रधानमन्त्रीले संसद विघटन गरेका नजिर विगतमा पनि रहेको बताए । विदेशी शक्तिसँग मिलेर सडकमा चुनाव हुन नदिन षडयन्त्र भएको उनको भनाई छ ।

सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो