नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल मंगलबार पोखरा आउँदैछन् ।
गण्डकी प्रदेशस्तरीय नेता-कार्यकर्तालाई प्रशिक्षण दिन अध्यक्षद्वय पोखरामा आउन लागेका हुन् । उनीहरुसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी हुँदैछन् । पोखरा महानगरपालिका ११ शीतलादेवीस्थित एसआर केसी बैंक्युटमा बिहान ११ बजेदेखि भेला सुरु हुने जनाइएको छ । त्यसअघि बिहान साढे ८ बजे पत्रकार भेटघाट कार्यक्रम राखिएको छ ।
कास्की जिल्ला स्तरीय भेलालाई यसअघि प्रचण्ड–नेपाल पक्षका नेता योगेश भट्टराई र देवेन्द्र पौडेलले सम्बोधन गरेका थिए । ओली पक्षको भेला पनि आज तनहुँमा भएको छ । भेलालाई ऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेशका मुख्यमन्त्री एवं पार्टी इन्चार्ज पृथ्वीसुब्बा गुरुङ, प्रदेश अर्थमन्त्री किरण गुरुङ, राष्ट्रियसभा सदस्य भगवती न्यौपाने लगायतले सम्बोधन गरेका छन् ।
पार्टी फुटसम्मको अवस्थामा पुगिसकेपछि दुई खेमा देशभर भेला गर्दै हिँडेको छ ।
सम्बन्धित खबर
देशका दुई ठूला दलले शक्ति प्रदर्शन गर्दै
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादीलाई समर्थन गर्ने
प्रधानमन्त्रीको चीन भ्रमणअघि मन्त्री हेरफेर र अध्यादेश तयारी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते