केन्द्रीय सदस्य बनाउलान् भनेर मानिसहरु बालुवाटारको बाटो हिँड्नै छाडे: माधव नेपाल

केन्द्रीय सदस्य बनाउलान् भनेर मानिसहरु बालुवाटारको बाटो हिँड्नै छाडे: माधव नेपाल

madhav kumar nepal

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओलीले बाटोमा हिँडिरहेकालाई समेत केन्द्रीय सदस्य बनाउन थालेपछि मानिसहरु बालुवाटारको बाटो हिँड्नै छाडेको भन्दै व्यङग्य गरेका छन् ।

सोमबार राजधानीमा आयोजित बृहत् नागरिक भेलालाई सम्बोधन गर्दै नेपालले ओली गणतन्त्रप्रति चिन्तित नरहेको समेत आरोप लगाए । नेपालले प्रधानमन्त्री केपी शर्मा आफ्ना आसेपासेलाई चलाउन खप्पिस रहेको टिप्पणी गरेका छन् । कसैले ‘बा’ भनेर सम्बोधन गरिदिए मख्ख पर्ने बानी ओलीमा रहेको पनि उनको भनाइ छ । ‘केपी ओलीलाई मख्ख पार्नुपरेमा बा भनेपुग्छ । उहाँ आसेपासे चलाउन खप्पिस हुनुहुन्छ,’ उनले भने ।

नेपालले विरोधीलाई तह लगाउन ओलीले गुप्तचर र सम्पत्ति शुद्धीकरण विभागलाई आफू मातहत राखेको आरोप समेत लगाए । निर्वाचन आयोगले आफूहरुलाई नै आधिकारिकता दिने बताए । ‘निर्वाचन आयोगले कुनै व्यक्तिको लहडमा नचल्ने बताएको छ । आयोगले ४४१ जनाको केन्द्रीय कमिटी र पार्टीको विधानअनुसार निर्णय गर्नेछ’, सोमबार राजधानीमा आयोजित बृहत् नागरिक भेलामा बोल्दै नेपालले भने ।

निर्वाचन आयोगले प्रचण्ड–माधव पक्षलाई पठाएको पत्र बारे स्पष्ट पार्न उनीहरु आजै निर्वाचन आयोग पुगेका थिए । नेकपाको प्रचण्ड–माधव र ओली समूहले पार्टीको आधिकारीकताका लागि निर्वाचन आयोगमा दावी प्रस्तुत गरेका छन् । सोही बीचमा प्रचण्ड र नेपाललगायतका नेताहरु आयोग पुगेका थिए ।

आयोगबाट फर्किएलगत्तै बृहत् नागरिक भेलामा सहभागी भएका नेपालले ओलीले मदन भण्डारीको नाम बेस्कन बेचेपनि उनको विशेषता भने अनुशरण नगरेको आरोप लगाए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ