राष्ट्रिय फुटबल टोलीका उत्कृष्ट पूर्वगोलरक्षक शाहीको निधन

राष्ट्रिय फुटबल टोलीका उत्कृष्ट पूर्वगोलरक्षक शाहीको निधन

Footballer shahi

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ। राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक समेत रहेका शाहीको ६५ वर्षको उमेरमा गएराति दैलेखस्थित आफ्नै निवासमा निधन भएको हो।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार शाहीको गएराति साढे ९ बजे निधन भएको हो। शेर्पाले सामाजिक सञ्जाल फेसबुक मार्फत् शाहीको मृत्युको विषयमा जानकारी गराएका हुन्।

शाही सन् १९७९ देखि १९८९ सम्म नेपाली राष्ट्रिय टोलीको गोलरक्षक थिए। नेपालले सन् १९८२ मा पहिलो आधिकरिक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्दा र सन् १९८४ मा दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्दा उनी राष्ट्रिय टोलीको प्रमुख खेलाडी थिए। शाहीले नेपाल बक्सिङ संघको महासचिवको भूमिका पनि निर्वाह गरेका थिए।

शाही २०५२ सालमा एन्फाको महासचिव निर्वाचित भएका थिए। उनी दुई कार्यकाल नेपाल बक्सिङ संघको महासचिव बनेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ