राजनीतिलाई नै प्रदूषित बनाउन लागेपछि प्रतिनिधिसभा भंग गरेँ : ओली

राजनीतिलाई नै प्रदूषित बनाउन लागेपछि प्रतिनिधिसभा भंग गरेँ : ओली

kp oli

प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिका महत्वाकांक्षा र पदलोलुपताले राष्ट्रिय राजनीतिलाई नै प्रदूषित बनाउन लागेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताएको छ ।

राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यक्तिगत मोलतोल र फोहोरी खेलमा लागेपछि देशको बाँकी समय बर्बाद हुन नदिन ताजा जनादेशमा जाने निर्णय गरेको बताए ।

सरकारलाई काम गर्न नदिने, व्यवधान खडा गर्ने, जहिले पनि झमेला मात्रै सिर्जना गर्ने ब्यक्तिका कारण अहिलेको समय आएको बताउनुभयो । बहुमतलाई खण्डित गर्ने र ध्वस्त पारेर अनुचित गठजोडमा लाग्ने काम भएको प्रधानमन्त्री ओलीको तर्क छ ।

प्रधानमन्त्री ओलीले संसदलाई समेत काम नगर्ने थलो बनाउन खोजेको र सरकारले लगेका विधेयक सभामुखले निर्णयार्थ पेश नगर्ने जस्ता असहयोगका कारण पनि प्रतिनिधिसभालाई निरन्तर दिन नसकेको  बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ