राष्ट्रियसभाको हिउँदे अधिवेशन आजैदेखि अन्त्य

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजैदेखि अन्त्य

mantriparisad

आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आजै राति १२ बजेदेखि बैठक अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

हालसम्म चार वटा बैठक बसेर राष्ट्रियसभाको अधिवेशन अन्त्य हुने भएको छ । १७ गते अधिवेशन आह्वान भएपछि राष्ट्रिय सभा सुरु भएको थियो । यसरी सुरु भएको संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा बैठक प्रधानमन्त्रीले आजैबाट सकाएका हुन् ।

मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्नेभएपनि प्रधानमन्त्रीले आज आकस्मिक बैठक डाक्नुभएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ