ट्युसन पढ्न घरबाट हिँडेका २ बालक सम्पर्कविहीन 

ट्युसन पढ्न घरबाट हिँडेका २ बालक सम्पर्कविहीन 

samparka bihin

पर्साको सदरमुकाम वीरगन्जबाट शनिबार विहान ९ बजेदेखि दुई जना बालक आफ्नो घर परिवारको सम्पर्कमा आएका छैनन् । वीरगन्जका होटेल व्यवसायीका छोरासहित दुई बालक शनिबार विहानबाट सम्पर्कविहीन रहेको परिवनरजनले बताएका छन् ।

उनीहरु दुई जना ट्युसनका लागि घरबाट गएका र त्यसपछि सम्पर्कमा नआएको प्रणेश शर्माका पिता दिपेश शर्माले बताए । हराएका बालकहरु कक्षा ६ मा अध्यनरत रहेको शिवेष कलवारका पिता जगरनाथ कलवारले बताए । जगरनाथ कलवार होटेल तथा जग्गा व्यवसायी समेत हुन् ।

पर्सा प्रहरीले यस विषयमा आफ्नो विशेष दस्ता त्यार गरि अज्ञात भएका बालकहरुको खोजतलासमा तिब्रता ल्याएको पर्सा प्रहरीका प्रवक्ता तथा नायब उपरीक्षक मनोजित कुवँरले बताए । हाल यो विषय अपहरणको हो कि बालकहरु आफै कतै हिँडेका हुन्, यकिन गर्न नसकिएको प्रहरीको दाबी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ