स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले ग्रानडामाथि सहज जित निकालेको छ। लस कारमेनेस स्टेडियममा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि ग्रानडामाथि ४-० गोलअन्तरको फराकिलो जित निकालेको हो।
बार्सिलोनाको जितमा लियोनल मेस्सी र एन्टोनी ग्रिजमनले समान २र२ गोल गरे।
खेलको १२ औं मिनेटमै ग्रिजमनले बार्सिलोनालाई अग्रता दिलाएका थिए। त्यस्तै ३५ औं मिनेटमा ग्रिजमनकै पासमा मेस्सीले गोल थिए। मेस्सीले नै फेरि ४२ औं मिनेटमा पनि गोल थप्दा पहिलो हाफमै बार्सिलोना तीन गोलले अघि रह्यो।
दोस्रो हाफमा ग्रिजमनले फेरि अर्को गोल थपे। उनले खेलको ६३ औं ओस्माने डेम्बेलेलेको पासमा गोल गरे। उता घरेलु टोलीका जिसस भालेजो ७८ औं मिनेटमा रातोकार्ड खाँदै बाहिरिएका थिए।
त्यस्तै गएराति नै भएको अर्को खेलमा रियल मड्रिड बराबरीमा रोकियो। एल सदरमा भएको खेलमा घरेलु टोली ओसासुनाले रियललाई बराबरीमा रोकेको हो। गोलरहित बराबरीमा रोकिएसँगै रियलले शीर्षस्थानमा पुग्ने अवसर गुमायो।
१८ खेलबाट ३७ अंक जोडेको रियल तालिकाको दोस्रो स्थानमा छ। त्यस्तै समान खेलबाट ३४ अंक जोड्दै गएरातिको खेलबाट तेस्रो स्थानमा रहेको बार्सिलोनाले अंकदुरी घटाएको छ। त्यस्तै शीर्षस्थानमा रहेको एट्लेटिको मड्रिडले १५ खेलबाट ३८ अंक जोडेको छ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते