पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि शनिबार भएको मतदानमा करिब ७५ प्रतिशत मत खसेको छ । संघको ३३ औं महाधिवेशनमार्फत नयाँ नेतृत्वका लागि आज विहान १० बजेदेखि अपराह्न ४ बजेसम्म भएको मतदानमा ७४.९८ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । आज सम्पन्न मतदानको मतगणना भोलि विहान ८ बजेदेखि हुने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका संयोजक तीर्थ श्रेष्ठका अनुसार कुल ३ हजार १ सय ५४ मत मध्ये शनिबार भएको मतदानमा २ हजार ३ सय ६५ मत खसेको छ । अपराह्न ५ बजेसम्म भनेपनि सो समयसम्म लाईनमा बसेकाहरुलाई साँझ ६ बजेसम्मै मतदान गर्न दिइएको निर्वाचन समितिका संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए ।
मतदाता उद्योगी-व्यवसायीहरुले दिनभर लाईनमा बसेर मतदान गरेका थिए । मतदाताहरुले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसप्रति बेपर्वाह हुँदै मतदान गरे । उनीहरुले मुखमा मास्क लगाएपनि भौतिक दुरी कायम नगरी बाक्लो भीडकाबीच लाईन बसेर मतदानमा सहभागि भए ।
प्रचारकहरुको संख्या बढी देखिन्थ्यो । उनीहरुले आफूले समर्थन गरेका उम्मेदवारको फोटो घाँटीमा झुण्डाएर मत मागिरहेको देखिन्थ्यो । उनीहरुले मतदातालाई भौतिक दुरी कायम नगरी मत माग्नुका साथै उमेद्वारको ब्रोसर र पम्प्लेट, कार्डलगायत वितरण गरेका थिए ।
संघको बरिष्ठ उपाध्यक्षमा वर्तमान वाणिज्यतर्फका उपाध्यक्ष पवन प्रजापति निर्विरोध निर्वाचित भइसकेका छन् । त्यस्तै, एशोसियट सदस्यमा कोइराला प्यानलबाट उमेदवार भएका हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) निर्विरोध चयन भइसकेका छन् ।
संघको नया नेतृत्वका लागि वर्तमान बरिष्ठ उपाध्यक्ष नारायण कोईराला र वर्तमान उद्योगतर्फकी उपाध्यक्ष विन्दु कोईराला सुवेदी प्यानलसहित चुनावी मैदानमा उत्रेका हुन् । संघको उद्योग उपाध्यक्षमा कोईराला प्यानलबाट चिनुकमारी गुरुङ र स्वतन्त्र उमेद्वार गोकर्ण कार्की चुनावी मैदानमा छन् । वाणिज्य तर्फको उपाध्यक्षमा कोईराला प्यानलबाट वर्तमान महासचिव अर्जुन पोखरेल उमेदवार छन् सुवेदी प्यानलबाट वर्तमान कार्यकारिणी सदस्य सोवित पौडेल उमेदवार छन् ।
संघको महासचिवमा कोईराला प्यानलबाट वर्तमान कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे र सुवेदी प्यानलबाट धनीराम बराल उमेदवार बनेका छन् । उपमहासचिवमा कोईराला प्यानलबाट वर्तमान सदस्य केशवबहादुर खत्री र सुवेदी प्यानलले गृहलक्ष्मी ग्यास उद्योगका सञ्चालक धर्मराज बर्तौला, कोषाध्यक्षमा कोईराला प्यानलबाट वर्तमान सदस्य बलराम आचार्य तथा सुवेदी प्यानलबाट वर्तमान सदस्य तारानाथ ढुंगाना उमेदवार छन् ।
संघको सदस्यका लागि कोईराला प्यानलबाट कुमारी मुना बास्तोला, दीनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी, सुदनबहादुर कोइराला रहेका छन् ।
सुवेदी प्यानलबाट सदस्यमा पवित्रा गुरुङ, विनोद केसी, रामप्रसाद गौतम, उत्तम सेवक कार्कीले उमेदवारी दिएका छन् । १० खुल्ला सदस्यमा ४ जनाको मात्रै उमेदवारी रहेको छ भने वस्तुगत र एशोसियट सदस्यतर्फ भने यो प्यानलबाट उमेदवारी घोषणा भएको छैन ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो