तनहुँ । लागुऔषध मुक्त युवा समाज निर्माण भन्ने मुल नाराका साथ अन्डर १४ फेस्टिवल २०७७ शनिबारदेखि देउरालीनगर खेलमैदानमा सूरु भएको छ ।
खेलको उद्घाटन गर्दै व्यास नगरपालिकाका नगरसभा सदस्य एवं एन्फा तनहुँका उपाध्यक्ष रबिन पौडेलले राष्ट्रिय खेलाडीहरुको लागु औषध मुक्त युवा समाज निर्माण अभियानमा सवै पक्षले सहयोग गर्नुपर्ने वताउँदै मादी तटमा बीच फुटवलको विकास गरी खेलकुद र पर्यटन संगसंगै लैजान राष्ट्रिय खेलाडीहरुलाई अनुरोध समेत गरे ।
रिभरसाईड युवा क्लवका प्रतियोगिता संयोजक एवं ए डिभिजन लिगका खेलाडि विश्व अधिकारीको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा मनाङ्ग मस्र्याङ्गदी क्वलका खेलाडी विमल राना, संकटा क्लवमा दिपेश आले,अर्डर क्वल भण्डारढीकका प्रशिक्षक सुवास तामाङ्ग,अलस्टारका प्रशिक्षक विकास श्रेष्ठ लगायतले फुटवलको विकासमा सवै एकसाथ लाग्नुपर्नेमा जोड दिएका थिए ।
राष्ट्रिय स्तरका क्लवमा आवद्ध खेलाडिहरुले विगत १ वर्ष देखि प्रशिक्षण गराईरहेका तनहुँ र कास्किा गरी १० क्लवको फेस्टिवलमा सहभागिता रहेको छ ।
न्यु स्टार र हाइस्कुलटार बीच भएको उद्घाटन खेलमा न्यू स्टार १ गोलले विजयी भएको छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कपको उपाधि वडा ७ र १२ लाई
बागलुङमा ८० वर्षीय वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर लगाए आगो
लमजुङमा नुहाउने क्रममा खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु
मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
नयाँ वर्षमा स्नान गर्न पुगेकी एक महिला कालीगण्डकीमा बेपत्ता
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु