काठमाडौँ । क्याप्टेन विजय लामा नेपाली फिल्मका अभिनेता पनि हुन् । नेपाली वायु सेवाका बरिष्ठ पाइलट उनी मल्टिमिडियामा पोख्त पनि छन् । उनको आफ्नै नामको युट्यब च्यानलमा डेढ लाख बढी फलोअर्स छन् । उनले वैदेशिक उडानका क्रममा विभिन्न भिडियोहरु प्रायः पोष्ट गर्छन् । जय चन्द्र सूर्य भन्दै उनी भिडियोमा गफिन्छन्, जानकारी दिन्छन्, सहकर्मीलाई समेट्छन् । नेपाली यात्रु र विभिन्न देशमा विमानस्थलमा रहेका नेपालीसँग कुराकानी गर्छन् । उनको यो कार्यलाई सबैले रुचाएका थिए । अब उनी यस कार्य गर्नबाट बञ्चित भएका छन् ।
कान्तिपुरका अनुसार उडान सुरक्षामा असर पर्ने कारण देखाउँदै नागरिक उड्डयन प्राधिकरणले नियमित उडानमा संलग्न हुने नेपाली वायुसेवाका सबै साना ठूला विमानका चालक लगायत उड्डयनकर्मीलाई उडानका क्रममा फोटो तथा भिडियोग्राफी गर्न रोक लगाएको छ ।
प्राधिकरण मातहतको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले पुस १५ गते उडान सञ्चालन मापदण्ड संशोधन गर्दै उडानका क्रममा वायुयानको चालक कक्ष (ककपिट) तथा बोर्डमा पाइलट, एयर होस्टेस, इन्जिनियर, टेक्निसियन तथा फ्लाइट डिस्प्याचर र ककपिटको जम्पसिटमा बस्ने तेस्रो चालक वा प्राविधिकलाई लागू हुने गरी कुनै पनि प्रकारका यन्त्र तथा उपकरणबाट फोटो र भिडियो नखिच्न कडाइ गरेको हो ।
प्राधिकरणले यदि कुनै पनि चालक दलका सदस्यलाई फोटो तथा भिडियोग्राफी गर्नु पर्ने आवश्यकता भएमा उडानअघि महानिर्देशक वा अन्य सरोकारवाला अधिकारीसँग लिखित अनुमति लिन सकिने भनेको छ ।
तर, अनुमति बिना गरिने फोटो तथा भिडियोग्राफीमा प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले कारबाही गर्ने जनाएको छ । विभागले यो नियमबारे नेपालमा दर्ता भएका नौवटा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सलाई पत्राचार गरिसकेको जनाएको छ ।

सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो