पोखरा – शुक्रबार पोखराका २० सहित गण्डकीमा थप ४६ जनामा कोरोना पुष्टि भएको छ ।
आज गण्डकीका २५५ जनामा गरिएको परीक्षणमा थप ४६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आज पुष्टि भएका संक्रमित प्रदेशका ५ जिल्लाका छन् । जसअन्तर्गत कास्कीको पोखरा महानगरका २० जना, तनहुँमा १२ जना, लमजुङमा ३ जना, स्याङ्गजामा २ जना र बाग्लुङ जिल्लाका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ९ सय २२ पुगेको छ । जसमा सक्रिय संक्रमित ७४२ छन् ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट ७१ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १३ हजार ९ सय ८५ पुगेको छ ।
शुक्रबार कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु पुष्टि भएको छ । मृतक कास्की जिल्ला पोखरा महानगरपालिका -१२ निवासी ६२ वर्षीया महिला रहेकी छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १९५ पुगेको निर्देशनालयले जनाएको छ।

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु