गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ शुक्रबार बाग्लुङ बजारमा आयोजित ओली समूहको नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)को कार्यकर्ता भेलामा प्रचण्ड र नेपालको क्रियाकलाप देश, सरकार र राष्ट्रियता विरोधी भएको आरोप लगाएका छन्। तिनै दुई नेताको पद लोलुपताले नेकपा विभाजनको सँघारमा पुगेको पनि बताए। साथै, उनले राष्ट्रियता विरोधी शक्तिलाई परास्त गर्न एकजुट हुन पनि बताए।
मुख्यमन्त्री गुरुङले पार्टीको निर्वाचित अध्यक्षलाई सधैं अप्ठ्यारोमा पारेर काम गर्न नदिने प्रवृत्तिले ससद भंग गर्ने अवस्था आएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ समेत गरे। ‘जसले सिमाना मिचिंदा आवाज उठायो, जसले गुमेको जमिन फिर्ता ल्यायो त्यसविरुद्ध गोलबद्ध हुनु भनेकै देश द्रोह हो,’ उनले भने, ‘विधि र पद्धति मिचेर प्रधानमन्त्रीलाई अप्ठ्यारो पारेपछि संसद भंग गरेर नयाँ जनादेशका लागि जानुपरेको हो।’
प्रधानमन्त्री निर्वाचित हुँदा ६४ प्रतिशत सांसदको समर्थन रहेकाले बाँकी मतले सरकार बनाउन नसक्ने भएपछि प्रधानमन्त्रीले संसद भंग गर्नु परेको मुख्यमन्त्री गुरुङले दाबी गरे। उनले पार्टीको संसदीय दलमा छलफल नगर्ने, संसदमा पुगेर अविश्वास प्रस्ताव दर्ता गर्न खोज्दा यो दुर्घटना भएको बताए।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने