बेजोसलाई उछिनेर संसारकै धनी बने एलन मस्क

बेजोसलाई उछिनेर संसारकै धनी बने एलन मस्क

Elon musk

अमेजनका मालिक जेफ बेजोसलाई पछि पार्दै एलन मस्क संसारकै धनाढ्य व्यक्ति हुन सफल भएका छन् । टेस्ला कम्पनीका सीईओ मस्कको सम्पत्ति यो समाचार तयार पार्दासम्म १९० बिलियन डलर अर्थात् २२२ खर्ब २८ अर्ब २१ करोड रुपैयाँ भन्दा बढी पुगेको छ ।

यो सफलतापछि उनले ट्वीटरमा ‘कस्तो अचम्म’ भन्दै एक ट्वीट गरेका छन् । बेजोसको सम्पत्ति कुल १८७ बिलियन डलर छ । पछिल्लो समय टेस्लाको शेयर मूल्यमा आएको वृद्धिले मस्कलाई यो सफलता मिलेको उल्लेख गरिएको छ ।

ब्लुम्बर्गको पछिल्लो इन्डेक्स अनुसार मस्कको सम्पत्ति बेजोसको तुलनामा ३ बिलियन डलर बढी छ ।यो सूचीमा माइक्रोसफ्टका बिल गिट्स १३२ बिलियन डलर सहित तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ