जापानमा एक महिना लामो संकटकाल घोषणा

जापानमा एक महिना लामो संकटकाल घोषणा

japan

कोरोना भाइरसको महामारी थप फैलिदै गएपछि जापानको राजधानी टोकियोमा संकटकाल घोषणा गरिएको छ । जापान सरकारले बिहीबार एक महिना लामो संकटकाल घोषणा गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्री योशिहिडा सुगाले संकटको उच्चतम अवस्थामा पुग्न लागेकाले उच्च सतर्कता अपनाउनका लागि सङ्कटकाल लगाउनु परेको बताएका छन् । अहिले टोकियो क्षेत्रमा घोषणा गरिएको संकटकाल शुक्रबारदेखि लागु हुने पनि जनाइएको छ ।

संकटकाल अन्तर्गत रेस्टुरेन्ट र बारहरुमा बेलुका ७ बजेपछि मादक पदार्थ विक्रि वितरणमा रोक लगाइएको छ भने यसको एक घण्टापछि उनीहरूको सेवा रातभरका लागि बन्द गर्न भनिएको छ । यो व्यवस्था अर्को सूचना जारी नहुँदासम्म लागु हुने अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ