श्चिमी वायुको प्रभाव कम हुँदै जाँदा मुलुकभर मौसम क्रमिकरूपमा खुल्दै गएको छ । अझै पनि देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहँदा प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले पनि तराईका भू-भागमा हुस्सु लागिरहेको र दिउँसो क्रमिकरूपमा खुल्दै जाने महाशाखाले जनाएको छ ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
पौष २४ गते (शुक्रबार)
दिउँसो : प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागहरुमा मौसम आंशिक बदली रहनेछ ।
पौष २५ गते (शनिबार)
दिउँसो : प्रदेश १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष २६ गते (आइतबार)
दिउँसो : प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही अन्य भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको अधिकांश भू-भागमा तापक्रममा हल्का गिरावट आएर चिसो बढ्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।
सम्बन्धित खबर
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
राष्ट्रपतिको प्रधानमन्त्रीलाई सुझाव– निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी ध्यान केन्द्रित गर्नू
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
अख्तियार पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च पुग्यो
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की