दुई सातादेखि बेपत्ता कास्कीका अधिकारी रुखमा झुण्डिएको अवस्थामा मृत फेला

दुई सातादेखि बेपत्ता कास्कीका अधिकारी रुखमा झुण्डिएको अवस्थामा मृत फेला

lekhnath-adhikari-serch

दुई सातादेखि बेपत्ता कास्कीका लेखनाथ अधिकारी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । कास्कीको मादी गाउँपालिका वडा नं. ५ चितेपानी निवासी ५४ वर्षीय अधिकारी मृत फेला परेका छन् ।

अधिकारीको शव आज बिहीबार चितेपानीको खोलेटो भन्ने ठाँउमा रुखमा झुण्डिएको अवस्थामा फेला परेको कास्की प्रहरीले जनाएको छ ।

उनको आजै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम गरी दाहसंस्कार गरिएको जनाइएको छ । गत पुस ६ गते मर्निङ वाकमा निस्केका अधिकारी बेपत्ता भएका थिए । त्यसपछि उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीबाट तालिमप्राप्त कुकुरको समेत सहयोगमा मादी क्षेत्रमा खोजतलास गरिएको थियो ।

धनुवास मावि, मादी–७ छाचोकका पूर्वशिक्षक समेत रहेका अधिकारीका श्रीमती र ३ छोरी छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ