बिहीबार पोखराका २६ सहित गण्डकीका थप २९ जनामा कोरोना पुष्टि,५८ जना कोरोनामुक्त

बिहीबार पोखराका २६ सहित गण्डकीका थप २९ जनामा कोरोना पुष्टि,५८ जना कोरोनामुक्त

Gandaki covid corona 1

पोखरा – बिहीबार पोखराका २६ सहित गण्डकीका थप २९ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज गण्डकीका १७३ जनामा गरिएको परीक्षणमा २९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका तीन जिल्ला छन् । जसमा कास्कीको पोखरा महानगरका २६ जना, लमजुङका १ जना र बाग्लङ जिल्लाका २ जनाको परिक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको छ । आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ८ सय ७६ पुगेको छ । जसमा ७६८ सक्रिय संक्रमित छन् ।

गण्डकीबाट पछिल्लो २४ घन्टामा ५८ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा हालसम्म कोरोना मुक्त हुनेको संख्या १३ हजार ९ सय १४ रहेको छ भने, हालसम्म कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १९४ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ