लिग लिडर एसी मिलानसँग युभेन्ट्सको रोमाञ्चक जित

लिग लिडर एसी मिलानसँग युभेन्ट्सको रोमाञ्चक जित

ronaldo dybala juventus

इटालियन सिरी ‘ए’ फुटबलमा लिग लिडर एसी मिलान साविक विजेता युभेन्ट्ससँग पराजित भएको छ। बुधबार राति भएको खेलमा युभेन्ट्सले मिलानलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

मिलानको मैदानमा फेड्रिको चिसाले दुई गोल गरेपछि युभेन्ट्सले सहज जित निकालेको हो । खेलको १८औँ मिनेटमा फेड्रिकोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए ।

४१औँ मिनेटमा डाभिडे कालाब्रियाले गोल गर्दै मिलानलाई १-१ गोलको बराबरीमा ल्याए । ६२औँ मिनेटमा फेड्रिकोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २-१ को अग्रता दिलाए । ७६औँ मिनेटमा वेस्टन म्याककेन्नीले गोल गर्दै युभेन्ट्सलाई ३-१ को सहज जित दिलाए ।

जितसँगै युभेन्ट्स लिगको चौंथो स्थानमा उक्लिएको छ । युभेन्ट्सले १५ खेलमा ३० अंक जोडेको छ । १६ खेलमा ३७ अंक जोडेको मिलान हारपछि पनि शीर्ष स्थानमा कायम छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ