बार्सिलोनाको जित, मेस्सीको दुई गोल

बार्सिलोनाको जित, मेस्सीको दुई गोल

messi

लियोनल मेसीको दुई गोलप्रेरित बार्सिलोनाले गएराति एथलेटिक विल्बाओलाई ३-२ ले पराजित गर्दै स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ।

घरेलु टोली एथलेटिक विल्बाओले तेस्रो मिनेटमा इनाकी विलियम्सको गोलबाट अग्रता लिएको थियो। १४औं मिनेटमा बार्सिलोनाका पेड्रीले बराबरी गोल फर्काए। पेड्रीले फ्रांक डी जोङको पासमा गोल गरेका हुन्।

३८औं मिनेटमा कप्तान मेसीले गरेको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। ६२औं मिनेटमा एन्टोइन ग्रिजमनको पासमा मेसीले अर्को गोल थप्दै बार्सिलोनाको अग्रता बढाए।

इन्जुरी समयमा एथलेटिक विल्बाओका इकर मुनियनले गोल फर्काए पनि घरेलु टिमलाई पुनरागमनका लागि धेरै ढिला भइसकेको थियो।

जितसँगै रोनाल्ड कोम्यानको बार्सिलोनाले रियाल सोसिडाड र भिल्लारियाललाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ