पोखरा । गण्डकी प्रदेशकै उत्कृष्ट फुटवल प्रतियोगिता अन्र्तगत १८ औं संस्करणको आहा रारा गोल्ड कप २०७६ बाट १८ लाख ९७ हजार ६ सय ५७ रुपैया बचत भएको छ ।
गत फागुन २१ देखि चैत १ गतेसम्म पोखरा रंगशालामा संचालन भएको उक्त प्रतियोगिताबाट ८८ लाख १० हजार ३ सय ६६ रुपैया आम्दानी हुँदा उक्त रकम बचत भएको सहारा क्लवले जनाएको छ ।
“खेलकूदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकूद पर्यटनको शहरको रुपमा स्थापित गरौैं ” भन्ने मुलभूत उद्धेश्यले आयोजना भएको उक्त प्रतियोगिता सम्पन्न गर्न भने ६९ लाख १२ हजार ७ सय ९ रुपैया खर्च भएको क्लवले बुधबार जारी गरेको प्रेस विज्ञेप्तिमा उल्लेख गरिएको छ ।
उक्त प्रतियोगिताको प्रबेश टिकटबाट मात्र २८ लाख ७ हजार ४ सय ७० रुपैया संकलन भएको प्रतियोगिताका आर्थिक संयोजक सुनिल गुरुङले बताए ।
त्यसै गरी व्यानर तथा आर्थिक सहयोगबाट १६ लाख ६८ हजार ७ सय ७२, सिजनल टिकटबाट ३६ हजार, बैंक व्याज आम्दनीबाट ४२ जहार १ सय ४५ रुपैया आम्दानी भएको उनले जनाए ।
मुख्य प्रायोजक आहा तथा रारा तयारी चाउचाउबाट १२ लाख ५१ ह्जार, गण्डकी प्रदेश सरकारबाट १० लाख, हिमांश एजुकेशन कन्सेल्टेनसीबाट ४ लाख, राखेपबाट ३ लाख ४७ हजार ५ सय २९, गोर्खा ब्रअरीबाट ३ लाख ५० हजार, सहारा क्लव हङकङबाट २ लाख ७ हजार ४ सय ५० रुपैया लगायतका संघ संस्थाबाट सहयोग प्राप्त भएको क्लवले जनाएको छ ।
त्यसै गरी प्रतियोगितामा खेलाडी दैनिक भ्रमण खर्च वापत २५ लाख ७ हजार १ सय ६८, प्रोत्साहन खर्च १६ लाख १२ हजार, प्रतियोगिता संचालन तथा व्यबस्थापन खर्च ६ लाख ८२ हजार ७ सय ५०, व्यानर कपडा एवं लेखाई खर्च २ लाख ३० हजार, खेल मैदानको लागि जिल्ला खेलकुद विकास समितिलाई ४ लाख, रेफ्रि खर्च १ लाख ९४ हजार, रेफ्रि यातयात खर्च १ लाख २८ हजार ३ सय ९५ लगायतका शिर्शकमा खर्च भएको क्लवका कोषाध्यक्ष राजु लालचनले जनाए ।
बचत भएको उक्त रकम क्लवले सहारा एकेडेमीमा रहेका वालवालिकाहरुको लागि खर्च गर्दै आएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए । कोरोनाको कारणले गर्दा अझै पनि केही रकम संकलन हुन बाँकी रहेको जसले गर्दा यस बर्ष आय व्यय ढिलो सार्वजनिक गरिएको क्लवले जनाएको छ ।
नेपाल पुलिस क्लवलाई फाइनलमा पराजित गर्दै नेपाल आयल निगम मनाङ मस्र्याङदी क्लवले आहा रारा गोल्ड कपको उपाधि सहित नगद १० लाख एक हजार रुपैया पुरस्कार हात पार्न सफल भएको थियो ।
प्रतियोगितामा भारतको एक सहित १० टीमको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की