नेपाली सेनामा भर्ना खुल्यो (सूचनासहित)

नेपाली सेनामा भर्ना खुल्यो (सूचनासहित)

nepal army

नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको छ। भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरुमा भर्ना खुल्ला गरेको हो।

सबैभन्दा धेरै बन्दोबस्ती कार्य सिपाही पदमा ९६ जनाका लागि दरखास्त आह्वान गरिएको छ । यसैगरी अमल्दार कर्मचारी पदमा ५३ र लेखा जमदार पदमा ५० जनाका लागि दरखास्त आह्वान गरिएको छ।

लेखा जमदारका लागि दरखास्त दस्तुर तीन सय, पुजारी हुद्दा र अमलदार कर्मचारी पदका लागि दुई सय रुपैयाँ तोकिएको छ । अन्य पदमा १ सय शुल्क बुझाएर दरखास्त दिन सकिने छ।

\

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds