मौसम अझै सुध्रिएन, देशभर वर्षा र हिमपात हुने

मौसम अझै सुध्रिएन, देशभर वर्षा र हिमपात हुने

snow humla

हुम्ला सदरमुकाम सिमकोटमा हिउँ जम्दाको दृश्य । तस्वीर : रमेशराज रोकाया

काठमाडौं । आज देशभरको मौसम बदली भएर हल्का वर्षा हुनुका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार सुदुर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती र प्रदेश १ मा एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना समेत छ ।

बुधबार देशको सुदुरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली भई बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ । सुदुर पश्चिम र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षा र हिमपातको सम्भावना रहेकोले यात्रा गर्दा सावधानी अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ । ‘देशभर बदली भै हल्का बर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ’, महाशाखाले भनेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ