पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेललाई प्रदेश इञ्चार्जबाट प्रचण्ड-नेपाल समूहले हटायो

पृथ्वीसुब्बा गुरुङ र शंकर पोखरेललाई प्रदेश इञ्चार्जबाट प्रचण्ड-नेपाल समूहले हटायो

Prithvi Shankar

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली समूहका दुई जना प्रदेश इञ्चार्जलाई हटाएको छ।

सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको बैठकले शंकर पोखरेललाई लुम्बिनी प्रदेश इञ्चार्ज र पृथ्वीसुब्बा गुरुङलाई गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। दुवै इञ्चार्ज प्रधानमन्त्री ओली समूहका हुन्।

यस्तै, बैठकले लुम्बिनी प्रदेश इञ्चार्जको जिम्मेवारी युवराज ज्ञवाली र गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारी देवेन्द्र पौडेललाई दिएको स्थायी कमिटी सदस्य डा. बेदुराम भुसालले जानकारी दिए।

त्यस्तै गण्डकी प्रदेशको सह-इन्चार्जबाट किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई राखिएको छ। प्रदेश कमिटी सचिवमा श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको छ। प्रदेश कमिटी सचिव गोविन्द नेपाली ओली पक्षमा लागेपछि थकालीलाई ल्याइएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ