स्वास्थ्य मन्त्रालयले भन्यो- ‘संक्रमित १० दिन आइसोलेशनमा बसेपछि पुनः कोराना परीक्षण गर्नु पर्दैन’

स्वास्थ्य मन्त्रालयले भन्यो- ‘संक्रमित १० दिन आइसोलेशनमा बसेपछि पुनः कोराना परीक्षण गर्नु पर्दैन’

health swasthya

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण पोजेटिभ भई लक्षण नदेखिएका व्यक्तिहरु दश दिनपछि दैनिक जीवनमा फर्किन सक्ने बताएको छ ।

कोरोना पुष्टि भएका तर कुनै पनि लक्षण नदेखिएका व्यक्तिहरुले स्वास्थ्य परीक्षण नै नगरी दश दिनपछि आफ्नो दैनिक कामकाजमा फर्किन सक्ने जानकारी दिएको हो ।

कतिपय अवस्थामा अनावश्यक रुपमा परीक्षण गर्ने गराउने गरेको भन्दै स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले कतिपय संक्रमण पुष्टि भई स्वास्थ्य अवस्था विग्रदै जाँदा समेत स्वास्थ्यकर्मीको सम्पर्कमा नआउने, अस्पताल नजाने, उपचार नगराउने प्रवृति देखिएको भन्दै यसबाट ठूलो जोखिम आउने अवस्था रहेकाले समयमै स्वास्थ्यकर्मीको सम्पर्नमा रहन आग्रह गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds