कोरोना महामारीका कारण बन्द भएको लामो समयपछि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदनमा समस्या देखिएको छ । नौ महिनापछि गएको मङ्गलबारदेखि फेरि सुरु भएको लाइसेन्सको अनलाइन आवेदनमा समस्या देखिएको हो ।
लकडाउनसँगै बन्द भएको लाइसेन्सको अनलाइन आवेदन लामो समयपछि खुलेको हुनाले सिस्टममा समस्या देखिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले जानकारी दिनुभयो ।
विभागले आइतबारदेखि बुधबारसम्म बिहान ६ बजेदेखि राति १० बजेसम्म लाइसेन्सको अनलाइन आवेदन भर्ने व्यवस्था मिलाएको छ । विभागका अनुसार धेरैले अरू दिन पनि फर्म भर्ने प्रयास गरेकाले समस्या देखिएको र भर्न मिल्ने दिनमा पनि एकैपटक धेरै जनाले फाराम भर्ने भएकाले सिस्टममा समस्या देखिएको हो ।
यस्तै विभागले यातायात कार्यालयमा भिड नहोस् भनेर एउटा यातायात कार्यालयबाट हप्तामा एक सय वटा मोटरसाइकल र ५० वटा गाडीको कोटा तोकेको छ । अहिले १९ वटा कार्यालयबाट दैनिक पाँच हजार जनाले अनलाइन आवेदन भर्न मिल्ने विभागले जनाएको छ ।
तर दैनिक निश्चित कोटा निर्धारण गरिएकाले कोटा सकिँदा कतिपय सेवाग्राहीले आवेदन दिन भने नसकिएको गुनासो गरेका छन् । अहिले सेवाग्राहीको धेरै चाप रहेको र यो चाप बिस्तारै घट्दै गएपछि अबको एक महिनामा सजिलै आवेदन दिन सकिने विभागले जनाएको छ ।
सम्बन्धित खबर
आज नेपाली सेनाको दुई सय ६२ औँ स्थापना दिवस, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह
आज महाशिवरात्रिः भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
अडियो काण्ड बाहिरिएपछि विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु
नवलपरासीमा प्रेम विवाहको विषयमा दुई पक्षबीच झडप, १९ जना घाइते
देश विकास हुँदैछ, युवा निराश हुनुपर्दैन: प्रधानमन्त्री
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु