लियोनेल मेस्सी पुनः टोलीमा फर्किएर विजयी गोलका लागि अवसर सिर्जना गरेपछि बार्सिलोनाले ला लिगाको पुछारको टोली हुएस्काविरुद्ध संघर्षपूर्ण जीत हासिल गरेको छ ।
बार्सिलोनाका लागि ७५० औँ तथा ला लिगामा ५ सयौँ खेल खेलिरहेका मेस्सीले फ्रांकी डि योङका लागि गोलको अवसर सिर्जना गरेका थिए । खेलको २७ औँ मिनेटमा गरिएको उक्त गोल नै खेलमा निर्णायक बन्यो ।
जीतसँगै बार्सिलोना ला लिगाको पाँचौ स्थानमा उक्लिएको छ । यद्यपि, एक खेल कम खेलेको एथ्लेटिको म्याड्रिडभन्दा १० अंकले पछि परेको छ ।
उता खेलको अन्तिम मिनेटमा गोल गर्दै लुइस सुवारेजले एथ्लेटिको म्याड्रिडलाई आलाभेसमाथि २–१ को जीत दिलाएका छन् । जीतसँगै एथ्लेटिको लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
खेलको पहिलो हाफमा मार्कस लोरेन्टेले गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाएका थिए । तर, खेलको ८४ औँ मिनेटमा फिलिपेले आत्मघाती गोल गरेपछि खेल बराबरीतर्फ उन्मुख भएको थियो । त्यसपछि खेलको अन्तिम मिनेटमा जोआ फेलिक्सको क्रसमा सुवारेजले गोल गर्दै टोलीलाई तीन अंक दिलाए ।
जीतसँगै एथ्लेटिकोले रियल म्याड्रिडलाई शीर्ष स्थानमा पुनः २ अंकले उछिनेको छ । एथ्लेटिकोले रियलभन्दा २ खेल कम खेलेको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते