पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनका लागि २४ पदमा ४० जनाको उम्मेदवारी परेको छ । अध्यक्षका उम्मेदवार नारायण कोइराला र विन्दु कोइराला सुवेदी नेतृत्वको प्यानलसहित ४० जनाको उम्मेदवारी परेको हो ।
वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापतिको मात्र उम्मेदवार परेकोमा पदाधिकारीका हरेक पदमा २–२ जनाको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा निर्विरोध भएका प्रजापति नारायण कोइराला प्यानलका हुन् । सोही प्यानलबाट उपाध्यक्ष (वाणिज्य) मा अर्जुन पोखरेल, उपाध्यक्ष (उद्योग) मा चिनु गुरुङ, महासचिवमा सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्रीको उम्मेदवारी परेको छ ।
उता, विन्दु कोइराला सुवेदी प्यानलबाट उपाध्यक्ष (वाणिज्य) मा सोवित पौडेल, महासचिवमा धनीराम बराल, उपमहासचिवमा धर्मराज बर्तौलाले मनोनयत्रपत्र दाखिला गरेका छन् । उपाध्यक्ष (उद्योग) मा गोकर्ण कार्कीले उम्मेदवारी दिएका छन् । उनले आफू कुनै प्यानलमा नभएकाे र स्वतन्त्र रुपमा उठेकाे बताएका छन् ।
निर्वाचन समिति संयोजक तीर्थ श्रेष्ठका अनुसार साधारण सदस्यतर्फबाट १० कार्यकारिणी सदस्यमा उत्तममान बुद्धाचार्य, उत्तम सेवक कार्की, ऋषिराम शर्मा भण्डारी, कीर्तिबल्लभ त्रिपाठी, कुमारी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, देवेन्द्र केसी, पवित्रादेवी गुरुङ, भरत केसी, रामप्रसाद गौतम, रामेश्वर अधिकारी, विनोद केसी, शोभा गौतम, सुदनबहादुर कोइराला, सुदीप प्रधानाङ्ग र हरिराज पन्तले उम्मेदवारी दिएका छन् ।
तीमध्ये पवित्रादेवी गुरुङ, विनोद केसी, रामप्रसाद गौतम र उत्तम सेवक कार्की विन्दु कोइराला प्यानलका हुन् भने उत्तममान बुद्धाचार्य र सुदीप प्रधानांगको स्वतन्त्र उम्मेदवारी रहेको बताइएको छ । उता, नारायण प्यानलबाट २ एसोसिएट सदस्यमा उम्मेदवारी दिएका हर्कबहादुर अधिकारी (मिराज) र हरिहर सापकोटा निर्विरोध भएका छन् । औद्योगिक सदस्यमा हिरामणि पण्डित निर्विरोध बने । उनी विन्दु कोइराला प्यानलका हुन् ।
वस्तुगतमा ४ सदस्यका लागि उदयबहादुर केसी, उमापति ढकाल, कृष्णप्रसाद तिवारी, बलराम तिमिल्सिना, बालाकृष्ण कोइराला, राजन गंगोली, रामबहादुर केसी र रुपनारायण घिमिरेले उम्मेदवारी दिएका छन् ।
संघको २९ सदस्यीय कार्यसमितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष (वाणिज्य), उपाध्यक्ष (उद्योग), महासचिव, कोषाध्यक्ष, उपमहासचिव सहित खुलातर्फ १० कार्यकारिणी सदस्य, ४ वस्तुगत, २ कर्पोरेट र १ औद्योगिक सदस्य निर्वाचित हुनेछन् । यस्तै, निवर्तमान अध्यक्ष अलावा ४ जना मनोनीत हुने व्यवस्था छ ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो